‘ग्याङ फाइट’ हुँदा एकको मृत्यु, तीन घाइते

कैलाली, ६ माघ । अत्तरियामा युवाहरुको ‘ग्याङ फाइट’मा खुकुरी प्रहार हुँदा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । शनिबार बेलुकी भएको ग्याङ फाइट’मा परि गोदावरी नगरपालिका-१, का २० वर्षीय अरुण भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घाइते भएका तीनजना स्थानीय सबिन कट्टेल, गणेश राइ र राजेश नेपाली घाइते भएका छन्…