पश्चिमी वायुको प्रभावले पुनः वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, ६ फागुन । गएको बिहीबार भित्रिएको पश्चिमी वायु आइतबारदेखि बाहिरिएसगै फेरि सोमबार भित्रिएको पश्चिमी वायुको प्रभावले पश्चिम, पूर्व र मध्य भूभागमा मेघगर्जनसहित वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावका कारण पानी पर्ने सम्भावना देखिए पनि काठमाण्डौ उपत्यकामा भने सोमबार घाम लाग्ने जनाएको छ । मंगलबार र बुधबार पनि देशका…