काठमाडौं, ४ मंसिर । नेपाल सरकारका पूर्वसचिव ईश्वरलाल श्रेष्ठको ८९ वर्षको उमेरमा निधन भएको छ । उनको गएराति १ बजेनर्भिक अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । श्रेष्ठले उद्योग तथा वाणिज्य मन्त्रालय, शिक्षा मन्त्रालय र पर्यटन मन्त्रालयमा सचिवको रुपमा काम गरेका थिए । शिक्षाविदको रुपमा समेत परिचित श्रेष्ठले शंकरदेव क्याम्पसको स्थापनामा योगदान पुर्याएका थिए…