केन्द्रीय प्रहरी कुकुर तालिम स्कुलको स्वर्ण जयन्ती कार्यक्रम सम्पन्न

कात्तिक २०, काठमाडौँ । नेपाल प्रहरीमा कुकुर सेवाको सुरुवात भएको स्वर्णजयन्तीको अवसरमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको प्रमुख आतिथ्यमा केन्द्रीय प्रहरी कुकुर तालिम स्कुल महाराजगंजमा मंगलबार बिशेष कार्यक्रमको आयोजना गरेको छ । समारोहमा महानिरीक्षक खनालले सोही स्कुलको प्राङगणमा निर्मित कुकुर स्मारकको उदघाटन, कुकुरको प्रतिमा अनावरण तथा माल्यार्पण गर्नुभयो । नेपाल प्रहरीमा अपराध अनुसन्धान, नियन्त्रण तथा रोकथाम,…