महोत्तरी, २६ मंसिर । महोत्तरीको फुलबरियामा एक व्यक्ति मृत अबस्थामा फेला परेका छन् । बुधबार बिहान घरबाट करिब एक किलोमिटर टाढा स्थानीय ४० वर्षीय बेचु महतो उँखुबारीमा भेटिएको प्रहरीले जनाएको छ । परिवारका सदस्यहरुले राति १२ बजेतिर महतोलाई नदेखेपछि खोजी सुरु गरेका थिए । छिमेकी र आफन्तहरुलाई भेला पारेर खोजतलास गर्दा पनि नभेटिएपछि बुधबार बिहान…