कात्तिक ११, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्वकप क्रिकेटको ट्रफी चन्द्रागिरीमा सार्वजनिक गरिएको छ । नेपाली क्रिकेट टोलीका पूर्वकप्तानद्वय उत्तम कर्माचार्य र पवन अग्रवालले आज आइतबार बिहान ट्रफी सार्वजनिक गरेका हुन् । चन्द्रागिरीमा ट्रफीलाई त्यहाँ केहीबेर राखेर आजै प्रधानमन्त्री र सर्वसाधारणलाई समेत देखाइने कार्यतालिका रहेको छ । शुक्रबार नेपाल ल्याइएको ट्रफीलाई ४ दिन नेपालमा…