ट्रकको ठक्करबाट एक जनाको मृत्यु

कार्तिक १०, काठमाडौ । धादिङको थाक्रे गाउँपालिका ६ मा  ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार राति नारायणगढबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख २३७३ नम्बरको ट्रकले ठक्कर दिँदा थाक्रे १० का ३० वर्षीय रामजी सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।