आज मोतीराम भट्टको १५३ औँ जन्मजयन्ती, विभिन्न कार्यक्रम गरी मनाइँदै

भदौ २४, काठमाडौं)। आज भाद्र कृष्ण औँसीका दिन राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५३ औँ जन्मजयन्ती नेपालभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विसं १९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर विसं १९५३ भाद्र कृष्ण कुशे औँसीकै दिन उनको मृत्यु भएको थिए । उनका ‘मोतीराम भट्टका उपलब्ध ग्रन्थावली’, ‘गजेन्द्रमोक्ष’, ‘प्रह्लाद भक्ति कथा’, ‘पिकदूत’, ‘भानुभक्तको…