भदौ २१, काठमाडौं । हेटौँडा, मकवानपुरका छुट्टाछुट्टै स्थानमा आज अपराह्न पानी र हावाहुरीसँगै परेको चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका–१३ पदमपोखरीमा चट्याङ लागेर ११ वर्षीय बालक रोजन लामाको मृत्यु भएको हो । उनी आफ्नै घरको आँगनमा खेलिरहेको अवस्थामा चट्याङ लागेर घाइते भएका थिए । उपचारका क्रममा चुरेहिल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ…