प्युठानमा पहिरोले घर पुरिँदा एकजना बेपत्ता

(साउन ३०,  प्युठान) । प्युठानमा पहिरोले घर पुरिँदा एक जना बेपत्ता भएका छन् । गौमुखी गाउँपालिका ४ जाडागाउँमा खसेको पहिरोले मंगलबार राति ३ घरगोठ पुरिँदा ३५ वर्षीय झगे विक बेपत्ता भएका हुन् । स्थानीयका अनुसार अन्य ७ वटा घरसमेत पहिरोको उच्च जोखिममा छन् । उद्धारका लागि बुधवार बिहानै जिल्ला प्रहरी कार्यालय प्युठानबाट उद्दार टोली घटनास्थलतर्फ गएका छन्   ।