काठमाडौं, ५ मंसिर । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कम्युनिष्टहरुको शक्तिशाली सरकार निर्माण हुने घोषणा गर्नुभएको छ । उहाँले प्रकाशप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आफ्नो मन्तब्य सुरु गर्नुभएको थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल उम्मेद्वार रहेको चितवनमा आयोजित चुनावीसभालाई संवोधन गर्दै उहाँले निर्वाचनपछि मुलुकमा कम्युनिष्ट सरकार र शासन दुबै स्थापित हुने बताउनु भएको हो…