नरक चतुर्दशीः कुकुरको पूजा गरि मनाईँदै

काठमाडौँ, १ कात्तिक । तिहारको दोस्रो दिन कुकुरलाई मीठा मीठा खानेकुरा खुवाएर मनाइँदैछ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा खानेकुरा खुवाएर यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको छ । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रुपमा लिइन्छ ।…