व्यवसायिक पत्रकारिताको विकासमा लाग्न नेता– पौडेलको आग्रह

काठमाडौँ, ७ भदौ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पत्रकारको हक अधिकारलाई सुरक्षित गर्दै व्यवसायिक पत्रकारिताको विकासमा लाग्न नवनिर्वाचित नेपाल पत्रकार महासंङ्घको कार्यसमितिलाई आग्रह गरेकाछन । नेपाल पत्रकार महासङ्घको २५ औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीको सम्मानमा आज यहाँ आयोजना गरिएको कार्यक्रममा उनले संविधान कार्यान्वयन र लोकतान्त्रिक मूल्य मान्यतालाई बलियो बनाउन महासङ्घलाई महत्वपूर्ण भूमिका खेल्न आग्रह…