भीमदत्तनगर, ९ भदौ । कञ्चनपुरको भीमदत्तनगरमा बिहीबार भएको सशस्त्र प्रहरी जवान हत्या प्रकरणमा दुई युवतीसहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गड्डाचौकीमा रहेको सशस्त्र प्रहरी राजश्व तथा भन्सार सुरक्षा गुल्ममा कार्यरत सशस्त्र प्रहरी जवान नरेन्द्र कुँवर बुधबार राति काम सकेर घर फर्किने क्रममा बिहीबार बिहान भीमदत्तनगरपालिका–६ मा हत्या गरिएको अवस्थामा भेटिएका थिए । घटनालगत्तै…