काठमाडौँ, २६ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा ले सातै प्रदेशमा संगठन समायोजन गर्ने उद्देश्यले आगामी भदौमा प्रदेश अधिवेशन गर्ने भएको छ । संविधानअनुसार नयाँ संरचनामा पार्टी संगठनलाई सुदृढ बनाउन सातै प्रदेशमा नयाँ नेतृत्व प्रदान गर्न अधिवेशन गर्न लागिएको प्रवक्ता भुवन पाठकले जानकारी दिए । तत्कालीन राप्रपा–नेपाल राप्रपासँग एकीकरण भएपछि चाँडो सो अधिवेशन गर्ने भनिएको…