मदन भण्डारीको सम्झनामा रक्तदान

काठमाडौँ, १४ असार । नेकपा एमाले का तत्कालीन महासचिव मदन भण्डारीको ५५ औँ जन्मजयन्तीका उपलक्ष्यमा आज आयोजित रक्तदान कार्यक्रममा ५३ पिन्ट रगत सङ्कलन भएको छ । मदन भण्डारी स्पोर्ट एकेडेमीले आयोजना गरेको कार्यक्रममा एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठले रक्तदानको शुभारम्भ गर्दै जनताको बहुदलीय जनवादका प्रणेता भण्डारीले नेपालको राजनीतिक विकासमा ठूलो योगदान गर्नुभएको बताए। एकेडेमीले कराँते खेलको…