काठमाडौँ, १५ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले राजस्व, ऋण, अनुदानबाट प्राप्त सहयोग अनुशासित रुपमा खर्च गराउन महालेखापरीक्षकको कार्यालयले कडा रुपमा काम गर्नुपर्ने बताउनुभएको छ । महालेखा परीक्षकको कार्यालयको ५९औँ वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले वित्तीय अनुशासनहीनतामा चुप लागेर बस्ने प्रवृत्ति अन्त्य गरिनुपर्ने बताउनुभयो । प्रत्येक वर्ष बेरुजु कहालीलाग्दो रुपमा बढिरहेको छ, वित्तीय…