बैतडी, १३ असार । करिब दुई दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा आफूलाई मन परेको प्रतिनिधि छनोट गर्नका लागि भारतमा मजदुरी गरिरहेका तथा जिल्ला बाहिर रहेका बैतडीका मतदाता घर फर्किएका छन् । बुधबार हुने दोस्रो चरणको निर्वाचनमा मतदान गर्नका लागि कामको सिलसिलामा भारत पुगेका र नेपालकै विभिन्न जिल्लामा रहेका मतदाता मतदानका लागि गृहजिल्लामा फर्किएका हुन्…