काठमाडौँ, ३० जेठ । न्याय परिषद्ले भावी प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि कामु प्रधानन्यायाधीश गोपाल पराजुलीसहित वरिष्ठताका आधारमा छ जनाको नाम सिफारिस गरेको छ । परिषद्को आज बसेको बैठले कामु प्रधानन्यायाधीश पराजुली, सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशी, ओमप्रकाश मिश्र, देवेन्द्रगोपाल श्रेष्ठ, चोलेन्द्रशम्सेर जवरा र जगदीश शर्मा पौडेलको नाम सिफारिस गरी संवैधानिक परिषद्को सचिवालयमा पठाएको न्याय परिषद्का…