भक्तपुर अस्पतालद्वारा आफ्नै फार्मेसी सञ्चालन

भक्तपुर, २४ जेठ । सरकारको निर्देशनपछि भक्तपुर अस्पतालले आजबाट आफ्नै फार्मेसी सञ्चालनमा ल्याएको छ । आफ्नै फार्मेसी नहुँदा औषधि लिन अन्यत्र निजी फार्मेसीमा धाउनुपर्ने विरामीले अब अस्पताल कै फार्मेसीबाट छुटमा औषधि लिन पाउने भएका छन् । अस्पतालले आज आयोजना गरेको पत्रकार सम्मेलनमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर खड्काले आठ प्रतिशत छुटमा बिरामीले औषधि पाउने व्यवस्थासहित…