भक्तपुर, २ जेठ । स्थानीय तह निर्वाचन २०७४ अन्तर्गत विवादित चाँगुनारायण नगरपालिकामा बुधबार पुनः मतदान हुने भएको छ । चाँगुनारायण– ६ स्थित वडा कार्यालय अर्थात् साबिक नगरकोट गाविस भवनको मतदान केन्द्रमा भने निर्वाचन आयोगले पुन ः मतदान गर्ने भएको हो । आइतबार मतदानका क्रममा नेपाल मजदुर किसान पार्टीको चुनाव चिह्न ‘मादल’ नभएको मतपत्र वितरण गरी…