पोखरा, २८ वैशाख । राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदीप पाठकले निर्वाचनमा खटिने मतदान अधिकृत, मतदाता तथा स्वयम् उम्मेदवारहरुले सुरक्षाको प्रत्याभूति पाउनुपर्नेमा जोड दिएकाछन । स्थानीय तह निर्वाचनका लागि पश्चिमाञ्चलका जिल्लामा आयोगबाट पर्यवेक्षकका रुपमा खटिएका पाठकले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा निर्वाचनलाई स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न स्थानीय प्रशासनसँग आग्रह गरे। विभिन्न जिल्लाको निरीक्षणका क्रममा…