चुनावी तालमेलको कारण उम्मेदवारी फिर्ता

पोखरा, २१ वैशाख । स्थानीय तहको निर्वाचनका लागि पोखरा लेखनाथ महानगरपालिकामा नेकपा माओवादी केन्द्रका तर्फबाट प्रमुखमा उम्मेदवारी दिनुभएका विश्वप्रकाश लामिछानेले आज आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ । महानगरपालिकाहरूमा नेपाली काँग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल गर्ने सहमति भएका कारण पार्टीको निर्देशनानुसार आफूले उम्मेदवारी फिर्ता लिएको लामिछानेले जानकारी दिए । निर्वाचन आयोगको कार्यतालिकानुसार आज उम्मेदवारी फिर्ताको…