काठमाडौं,१२ बैशाख । सरकार र मधेसवादी दलबीच सहमति भएपछि व्यवस्थापिका संसदमा सरकारले पछिल्लो पटक दर्ता गरेको संविधान संशोधन विधेयकमाथि आजबाट सैद्धान्तिक छलफल हुने भएको छ । आज दिउँसो १ बजे बस्ने संसदको बैठकमा विधेयकमाथिको छलफल सुरु हुने भएको छ ।नयाँ विधेयकमार्फत सरकारले सीमांकनसम्बन्धी विवाद समाधान गर्न संघीय आयोग गठन गर्नेदेखि प्रदेशको सीमांकन हेरफेर अहिलेकै संसदले गर्न…