कञ्चनपुर, ३ वैशाख । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका ३० वर्षीया कौशा धामी बजारमा किनमेल गर्न गएका बेला रहस्यमय तरिकाले बेपत्ता भएकी छिन् । सिलाइ मेसिन खरिद गर्नका लागि निकटवर्ती भारतीय बजारतर्फ गएकी धामी बेपत्ता भएकी हुन् । चैत २५ गते बजारतर्फ गएकी उनी घर नफर्केपछि परिवारजनले सबैतिर खोज्दासमेत फेला पार्न सकेका छैनन् । राहदानीको प्रतिलिपि…