काठमाडौँ, २२ पौष । काठमाडौँको गैरीगाउँस्थित एक काठ गोदाममा भीषण आगलागी भएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार, गैरीगाउँमा रहेको काठको गोदाममा आगलागी भएको हो । आगलागीको कारणबारे थप बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ । आगलागीपछि धुवाँको मुस्लो ठूलो फैलिएको छ । अहिले नेपाल प्रहरी, महानगर प्रहरी लगायतले दमकलको सहायताबाट आगलागी नियन्त्रणको प्रयास गरिरहेको…