काठमाडौँ, २५ माघ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा अबका चार दिन दैनिक पाँच घण्टाका दरले विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार आज बल्खु चोकदेखि चोभार गेटसम्मका क्षेत्रमा बिजुली अवरुद्ध हुनेछ । प्राधिकरणका अनुसार बिहान ११ देखि अपराह्न ४ बजेसम्म विद्युत् सेवा बन्द हुनेछ । माघ २७ गते जोरपाटी वितरण केन्द्रअन्तर्गत…