काठमाडौँ, २४ कार्तिक । रौतहटको गौर नगरपालिकामा आज बिहान एक युवकको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गौर नगरपालिका-५ मा रहेको बरहवा नदीमा डुबेको अवस्थामा २० वर्षीय युवकको शव फेला परेको हो । मृतक युवकको साथमा रहेको सवारी चालक अनुमति पत्रको आधारमा उनी रौतहटको चन्द्रपुर नगरपालिका-६ का सुनिलकुमार कहार रहेको पुष्टि भएको…