काठमाडौँ, ९ मंसिर । बजारमा गोलभेँडाको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज भारतीय ठूलो गोलभेँडाको भाउ प्रतिकिलो थोकमा औसत १२ रुपैयाँ बढेको छ । हिजो सोमबार भारतीय ठूलो गोलभेँडा प्रतिकिलो थोकमा न्यूनतम १ सय ५ देखि अधिकतम १ सय १५ र औसत १ सय १० रुपैयाँमा किनबेच भएको थियो…