काठमाडौँ, १ माघ । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी ठगी गरेको अभियोगमा २९ वर्षीय निम पासी शेर्पालाई प्रहरीले पक्राउ गरेको छ । भोजपुर साल्पासिलिछो गाउँपालिका-५ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-२ बस्ने शेर्पाले क्रोएसिया पठाइदिन्छु भन्दै २ जनाबाट १५ लाख रूपैयाँ लिएको आरोप थियो । बेपत्ता रहेका उनलाई पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट…