काठमाडौँमा प्रहरीले चलायो गोली

काठमाडौँ, १५ माघ । काठमाडौँको मूलपानीमा प्रहरीले लुटेरा समूहमाथि गोली प्रहार गरेको छ । गएराति लुटेरालाई नियन्त्रणमा लिने क्रममा जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले गोली चलाएको हो । गोली लागेर लुटेरा समूहका एकजना नाइके घाइते भएका छन् । उनलाई उपचारको लागि ट्रमा सेन्टरमा भर्ना गरिएको छ । लुटेरालाई नियन्त्रणमा लिन खोज्दा सुरक्षाकर्मीमाथि आक्रमण प्रयास भएपछि…