नोभा हस्पिटलको शौचालयमा बिरामी कुरुवा मृत फेला

काठमाडौँ, २४ माघ । धनगढीको नोभा हस्पिटलमा बिरामी कुरुवा बसेका एक युवक शौचालयमा मृत अवस्थामा भेटिएका छन् । प्रहरीका अनुसार बुधबार राति २ बजेतिर कञ्चनपुरको वेदकोट नगरपालिका-६ सिसैयाका रविन्द्र राना हस्पिटलको शौचालयमा लडेको अवस्थामा मृत भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कवीन्द्रसिंह बोहराले १७ महिनाका भतिजा दिभानको कुरुवा बसेका राना शौचालयमा…