काठमाडौँ, २२ पौष । त्रिभुवन विमानस्थलबाट झापाको भद्रपुर उडेको बुद्ध एयरको विमानमा प्राविधिक समस्या देखिएपछि काठमाडौँ डाइभर्ट गरिएको छ । बुद्ध एयरका अनुसार उडान नं ९५३ को कलसाइन नाइनएन-एजेएस विमानको दायाँ इन्जिनमा समस्या देखिएको थियो । त्यसपछि पाइलटले विमानलाई काठमाडौँ डाइभर्ट गरेका थिए । विमान आधा समय उडान गरिसकेको अवस्थामा काठमाडौँ फिर्ता गर्नु परेको हो ।…