काठमाडौँ, ६ माघ । मकवानपुरमा भिरबाट लडेर शनिबार एक महिलाको मृत्यु भएको छ । भीमफेदी गापा ०३ इचुङ बस्ने अन्दाजी ५२–५३ वर्षीया चमेलीमाया पाख्रिनको घाँस काट्न गएका वेला लडेर मृत्यु भएको हो । शनिबार दिउँसो ४ बजेतिर घरबाट अन्दाजी ५०० मिटर दक्षिणमा रहेको घट्टेखोलाको भिरमा (आफ्नै बारी नजिकै) घाँस काट्नका लागि गएकी चमेली भीरबाट…