काठमाडौँ, २४ पौष । वैदेशिक रोजगारीमा पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । प्रहरीका अनुसार सप्तरी विष्णुपुर गाउँपालिका–७ का ३१ वर्षीय कृष्ण यदुवंशी र गोरखाका ३७ वर्षीय राजेश बरामलाई मङ्गलबार पक्राउ गरिएको हो । अभियुक्त कृष्णले पोल्याण्ड पठाइदिन्छु भन्दै विभिन्न पीडितबाट रु ७२ लाख ४८ हजार एक सय ५०…