विमानस्थलबाट सुनसहित एक जना पक्राउ

काठमाडौँ, २३ पौष । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छली गरी लैजान लागेको करिब ६१ ग्राम तौल बराबरको सुनसहित एक जना पक्राउ परेका छन् । चितवन भरतपुर महानगरपालिका-१२ घर भएका २५ वर्षीय सञ्जय तामाङलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट सुनको ढिक्का १ थान र औँठी १ थान प्रहरीले बरामद गरेको छ ।…