बाँदरले सुन्तला नष्ट गर्न थालेपछि कृषक चिन्तित

काठमाडौँ, २४ मंसिर । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारका किसानलाई बाँदरबाट सुन्तला जोगाउन गाह्रो भएको छ ।  पहेँलपुर भई टिप्ने मिल्ने भएका सुन्ताला बाँदरले नष्ट गर्न थालेपछि आफूहरु समस्यामा परेको किसान ठाकुरप्रसाद बरुवालले बताए । फल टिप्ने बेलामा दिनभरि बाँदर धपाएर बस्नुपर्ने स्थानीयको दैनिकीजस्तै बनेको उनको भनाइ छ ।  जङ्गलबाट हुलका हुल बाँदर बगैँचामा पसेर सुन्तला सखाप…