टिपर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ, २१ मंसिर । मकवानपुरको बकैया गाउँपालिका–५ झाँक्रीडाँडास्थित निर्माणाधीन काठमाडौँ–तराई द्रुतमार्ग (फास्ट ट्र्याक)मा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार नदीजन्य पदार्थ (ग्राभेल) लोड गरेर फास्ट ट्र्याकतर्फ जाँदै गरेको ना ८ ख २४३० नम्बरको टिपर दुर्घटना हुँदा चालक चितवन घर भएका अन्दाजी ४० वर्षीय सानु लो तामाङको मृत्यु भएको…