जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु 

पाल्पा, ७ मंसिर । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–४ धजाबान्नेस्थित अमलाबास–भुवनपोखरीमा जिपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा रैनादेवी छहरा गाउँपालिका–१ सिद्देश्वरका ४२ वर्षीय खड्कबहादुर पुन रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ । बिहीबार बेलुकी भुवनपोखरीबाट सिद्देश्वर जाँदै गरेको लु १ ज ४२३१ नम्बरको जिपले सडकमा पैदल हिँडेका पुनलाई ठक्कर दिएको हो । जिपको…