मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौँ, ३० मंसिर । भक्तपुरको सुर्यबिनायक नगरपालिका–१० स्थित नलिन्चोकमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार रामेछापको दोरम्बा गाउँपालिका–४ घर भएर नलिन्चोक बस्ने ७० वर्षीय निमबहादुर मगरको मृत्यु भएको हो ।  बा.४६ प ११२७ नम्बरको मोटरसाईकलका चालक काभ्रेको बनेपा नगरपालिका–६ घर भएका ४४ वर्षीय जितेन्द्र श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ…