खुम्बु क्षेत्रमा हेलिकप्टर उडानमा रोक लगाउनेप्रति नागरिक उड्डयन प्राधिकरणको आपत्ति

काठमाडौँ, २९ मंसिर । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले खुम्बु क्षेत्रमा हेलिकप्टर उडानमा रोक लगाउने भनी गरिएको पत्राचारप्रति आपत्ति जनाएको छ । सगरमाथा राष्ट्रिय निकुञ्जले आउँदो पुस १७ गतेदेखि हेलिकप्टरको व्यावसायिक उडान/अवतरणमा रोक लगाउन परिपत्र गरेपछि क्यानले विज्ञप्ति निकालेर यो निर्णयमा आपत्ति जनाएको हो । साथै क्यानले हेलिकप्टरको उडानमा रोक लगाउने सम्बन्धमा कुनै निर्णय नहुञ्जेलसम्म…