रुकुम पश्चिम, १० मंसिर । रुकुम पश्चिममा छोराले बुबाको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार जिल्लाको आठबीसकोट नगरपालिका–१०, घारीखोलाका २० वर्षीय वीरबहादुर खत्रीले ५० वर्षीय बुबा दर्वे खत्रीको हत्या गरेका हुन् । आइतबार साँझ वीरबहादुरले चक्कु प्रहार गरेर आफ्नै बुबाको हत्या गरेको हो । बुबाको हत्या गर्ने वीरबहादुर फरार छन् ।…