कारागारबाट भागेका प्रतिवादी छठ मनाउने क्रममा पक्राउ

काठमाडौँ, २३ कार्तिक । सजाय भुक्तानको क्रममा रहँदा कारागारबाट दुई पटक भागेका विनायककुमार यादव छठ मनाउने क्रममा पक्राउ परेका छन् । सुनसरीको झुम्का र सिन्धुपाल्चोक कारागारबाट भागेका उनी गयराती नेपाल-भारत सीमाको कोशी गाउँपालिका-८ पथरचट्टान भन्ने स्थानबाट पक्राउ परेका हुन् ।  छठ मनाउन भारतको विहार हुँदै नेपाल आउँदै गरेको सूचनाको आधारमा सुनसरीको कोशी गाउँपालिका-८ बाट उनलाई…