स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौँ, ३० कार्तिक । वीरेन्द्रनगरमा स्कुल बसको ठक्करबाट एक तीन वर्षीय बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार आज बिहान वीरेन्द्रनगर नगरपालिका-१, सनसाइन एकेडेमी स्कुलको बसले ठक्कर दिएको हो । बसको ठक्करबाट सोही वडाकी अन्दाजी ५ वर्षीय समीक्षा सुनारको मृत्यु भएको हो ‌। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ…