काठमाडौँ, ४ कार्तिक । नेपालले दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा आइतबार अमेरिकालाई सुपर ओभरमा हराएको छ । जितसँगै नेपालले तीन खेलको शृंखला पनि आफ्नो पक्षमा पारेको छ । सुपर ओभरमा अमेरिकामाथि रोमाञ्चक जित निकाल्दै खेल आफ्नो पोल्टामा पारेको हो । सिरिजअन्तर्गत दोस्रो खेल बराबरीमा टुंगिएपछि सुपरओभरमा पुगेको थियो । नेपालले टस जितेर ब्याट रोजेको थियो ।…