६ जना जुवाडे पक्राउ

पोखरा, १ कार्तिक । पोखराको एक होटलमा जुवातास खेलिरहेका ६ जना पक्राउ परेका छन् । ड्यामसाइडको होटल स्याण्डी ब्लुममा तास खेलेको सूचनापछि प्रहरीले छापा हानेको थियो ।  पक्राउ पर्नेमा गल्याङ घर भई पोखरा बस्दै आएका ३८ वर्षीय नवीन थापा, पुतलीबजार घर भएका ४० वर्षीय भेषबहादुर गुरुङ, पोखरा १२ का ४३ वर्षीय शंकर थापा छन् । …