आजको मौसम

काठमाडौँ, ४ असोज । मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणमा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेको छ । देशका केही भू–भागमा बिहानैदेखि मौसम बदली र वर्षा भइरहेको छ । कोसी र वाग्मती प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको छ ।…