सांसद खतिवडाले सोधे –ट्राफिक प्रहरीको काम दुर्घटना न्यूनिकरण हो कि राजस्व संकलन

भक्तपुर, १० भाद्र । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य रामहरि खतिवडाले भने –ट्राफिक प्रहरीले सवारी दुर्घटनाको रोकथाममा भन्दा राजस्व सङ्कलनमा बढी ध्यान दिइरहेको व्यवहारमा देखिएको छ । उनले भने– ट्राफिक प्रहरीले यात्रुहरूलाई जहाँतहीँ रोक्ने, चेक गर्ने, लुकेर बसेर चेकजाँच गर्ने जस्ता क्रियाकलापले दुर्घटनाको जोखिम बढाएको छ, यस्तो पद्धति तत्काल रोक्न आवश्यक छ।…