सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु

काठमाडौँ, ९ भदौ । नागर्जुनमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार नागार्जुन नगरपालिका–७ स्थित बिन्दावासिनी सडकखण्डमा स्वीजरल्यान्डपार्कबाट कलंकीतर्फ आउँदै गरेको प्र०१–०२५च ९२४३ नम्बरको जीपमा विपरीत दिशाबाट गइरहेको बाप्र०२–०१७प १०९ नम्बरको मोटरसाइकल ठक्कर खाँदा दुर्घटना भएको हो । दुर्घटनामा परी दोलखाको शैलुंगेश्वर नगरपालिका–६ घर भई हाल काठमाडौँ महानगरपालिका–१३, छाउनी…