मकवानपुर, १ कार्तिक । हेटौंडामा ११ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । उपमहानगरपालिका-१० बसपार्क गुम्बा नजिक सोही ठाउँ बस्ने ३५ वर्षीय हिरालाल मोक्तानले सञ्चालन गरेको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा शुक्रबार साँझ जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६ लाख ६ हजार ३ सय १० रुपैयाँ र ११ बुक ताससहित पक्राउ गरेको…